कुमरोज वनको लोकप्रिय निर्णय – धारा जोड्न ६ हजार,सुत्केरीलाई २ हजार दिईने

कुमरोज वनको लोकप्रिय निर्णय – धारा जोड्न ६ हजार,सुत्केरीलाई २ हजार दिईने

असोज ४ गते ।  खैरहनी स्थित कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले खानेपानीको धारा जडानका लागि आर्थिक सहयोग गर्ने भएको छ । वनले आफ्ना सदस्यहरुलाई शुद्ध खानेपानीको धारा जडान गर्न ६ हजार रुपैयाका दरले सहयोग गर्ने निर्णय गरेको वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले जानकारी दिए । वनको पछिल्लो वैठकले खानेपानी जडानसंगै सुत्केरी महिलाका लागि पोषण खर्च वापत पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सुत्केरी महिलाका लागि पोषण खर्च वापत २ हजार रुपैया प्रदान गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले वताए । पर्यापर्यटनबाटै वार्षिक २ करोड भन्दा वढि आम्दानी गर्दै आएको कुमरोज वनले यसअघि आफ्ना सदस्यहरुलाई दुध उत्पादनमा अनुदान दिने निर्णय गरेको थियो । वनका उपाध्यक्ष सानुकाजी कुँवरका अनुसार दुध उत्पादन प्रति लिटर ५० पैसाका दरले अनुदान गर्ने निर्णय गरेको थियो ।  साविक कुमरोजमा दैनिक ५ हजार ५ सय देखी ६ हजार लिटर सम्म दुध उत्पादन हुदै आएको छ ।  सो सामुदायिक वनमा हाल जीप सफारी,हात्ती सफारी र ढुंगा सयर हुदै आएको छ ।