खैरहनीमा लोकतन्त्रबारे प्रवचन

खैरहनीमा लोकतन्त्रबारे प्रवचन

चितवन , ४ असोज

संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर चितवनको खैरहनीमा राष्ट्रियता र लोकतन्त्रका विषयमा प्रवचन कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिकाको आयोजनामा पर्सा स्थित डेजी आवासीय माविमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल बार एसोसियसन चितवनका अध्यक्ष अधिवक्ता कमल पाठक र अधिवक्ता माधव खनियाँले राष्ट्रियता र लोकतन्त्रका बारे प्रवचन दिएका थिए । प्रवचन दिदै अधिवक्ताहरु पाठक र खनियाँले संविधान कार्यान्वयन नभए राष्ट्रियता र लोकतन्त्र खतरामा पर्ने भन्दै यसको कार्यान्वयनमा सचेत गराए । खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता पाठकले संविधान अनुसार कानुन नवन्दा संक्रमणकाल जस्तो देखिएको पनि यसलाई क्रमस समाधान गर्नुको विकल्प नभएको वताए । अर्का अधिवक्ता खनियाँले अहिलेको संविधान शक्ति सन्तुलन रहेको,सवै भाषा,धर्मलाई समान गरेको भन्दै संविधानको कार्यान्वयनमा तीन तहको सरकारसहित यसका निकायहरु गंम्भीर हुनु पर्ने वताए ।

प्रवचन कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीसहित नेकपाका नेताहरु,नेपाली काग्रेशका नेताहरु,वडाध्यक्षहरु,कार्यपालिका सदस्य,वडा सदस्यहरु,विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थिती रहेको थियो । नेपाल सरकारको निर्देशन वमोजिम स्थानीय सरकारको रुपमा रहेको खैरहनी नगरपालिकाले असोज २ गते अन्तर कलेज वत्कृत्वकला प्रतियोगिता,असोज ३ गते प्रभातफेरी र शनिवार प्रवचन गरि तीन दिन कार्यक्रम गरेर संविधान दिवस मनाएको हो ।