दुईतिहाइको सरकारले विकासको जग हालिरहेको छ :उद्योग मन्त्री भट्ट

दुईतिहाइको सरकारले विकासको जग हालिरहेको छ :उद्योग मन्त्री भट्ट

चितवन , ६ मंसिर।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेको सरकारले विकासको जग हालिरहेको दावी गरेका छन् । चितवनको भरतपुरमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्दै मन्त्री भट्टले अहिलेको दुईतिहाइको सरकारले केहि गरेन भनेर टिकटिप्पणी हुने गरेतापनि सरकारले अहिले रणनितिक महत्वको कामहरुलाई जग हाल्ने काम गरिरहेको बताए ।

उर्जा , सिचाई , उद्योग क्षेत्रमा धेरै काम भएको मन्त्री भट्टले बताए । उनले उद्योग , कृषि क्षेत्रमा भएका समस्याहरुको गाठा फुकाउनुपर्ने भन्दै उद्योगीहरुले आफ्नो समस्याहरु र समाधानको उपायहरु सहित मन्त्रालय आउन आग्रह गरे । उद्योग स्थापनाको क्रममा सामाजिक समस्या उत्पन्न हुने गरेको भन्दै त्यसलाई समाधान गर्ने आश्वासन मन्त्री भट्टले दिए ।