सौराहाको लायन्स डेनमा म्युजिकल फेस्टा हुदै
पुष ६ गते । पर्यटकीय नगरी सौराहामा रहेको लायन्स डेनले यही पुष ८ गतेदेखी क्रिसमस एण्ड म्युजिकल फेस्टा गर्ने भएको छ । सौराहा आउने पर्यटकलाई मनोरञ्जन दिलाउन लायन्स डेनले पुष ८ गतेदेखी १६ गते सम्म कार्यक्रम गर्न लागेको हो । नेपाल सरकारले घोषणा गरेको नयाँ वर्षलाई लक्षित गर्दै म्युजिकल फेस्टाको आयोजना गरिएको कार्यक्रम संयोजक दिनेश कडेंलले जानकारी दिए । प्रत्येक वर्षको अग्रेजी नयाँ वर्षका अवसरमा लायन्स डेनले कार्यक्रम गर्दै आएपनि यस वर्ष भ्रमण वर्ष पनि परेकाले भ्रमण वर्षलाई कार्यक्रमले टेवा पुर्याउने संयोजक कडेंलले वताए । प्रदेश सरकारले सौराहाबाटै भ्रमण वर्षको शुभारम्भ गर्दैछ । कार्यक्रम ८ गतेदेखी १६ गते सम्म हुने भएपनि चर्चित कलाकारहरुको उपस्थितीमा ४ दिन विषेश कार्यक्रम हुने लायन्स डेनका व्यवस्थापक गौतम गिरीले वताए । उनका अनुसार क्रिसमस इभमा नेपालय व्याण्ड,डिजे के र डिजे शैलेश तथा क्रिसमस डेमा शुष्मा विश्वकर्मा र डिजे केको प्रस्तुती रहने छ । त्यस्तै न्यु इयर इभमा नेपाल आईडलका उपविजेता आरिफ राउफ र डिजे प्रोसेश तथा न्यु इयर डेमा शुष्मा विश्वकर्मा,डिजे के र डिजे शैलेशको प्रस्तुती रहने कार्यक्रम सहसंयोजक रमेश भट्टले जानकारी दिए । म्युजिकल फेस्टामा सहभागी हुने आउने जोडी मध्ये महिलालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।