चितवनबाट काठमाण्डौ जादैँ गरेको माइक्रो धादिङमा दुर्घटना

चितवनबाट काठमाण्डौ जादैँ गरेको माइक्रो धादिङमा दुर्घटना

धादिङ , ६ साउन
चितवनबाट काठमाण्डौ जादै गरेको माइक्रो बस धादिङमा दुर्घटना भएको छ । चितवनको खोलेसिमलबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो बस धादिङको थाक्रे गाँउपालिका १ खयेरघारी नजिक दुर्घटना भएको हो ।

काठमाण्डौबाट भैरहवा तर्फ आउँदै गरेको लु २ ख २१३४ नम्बरको बससँग माइक्रो ठक्कर खाएको थियो । बससँग ठक्कर खाँदा माइक्रो सडकबाट अन्दाजी ३० मिटर तल महेश खोलामा खसेको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए । घाइतेहरुलाई उद्दार गरि उपचारको लागि काठमाण्डौतर्फ पठाइएको खड्काले बताए ।