पूर्वी चितवनका १७३ जना युवा नेकपामा प्रवेश

पूर्वी चितवनका १७३ जना युवा नेकपामा प्रवेश

चितवन , ६ साउन

पूर्वी चितवनको रत्ननगरमा सयौको संख्यामा युवाहरु नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )मा प्रवेश गरेका छन् । विभिन्न पार्टीमा सक्रिय १ सय ७३ जना युवाहरु एक कार्यक्रमको बिच पार्टी प्रवेश गरेका हुन् ।

नेपाली काग्रेसँ, नयाँ शक्ति, राप्रपा लगायतको पार्टी पारित्याग गर्दै उनीहरु नेकपामा प्रवेश गरेका हन् । उनीहरुलाई नेकपा चितवनका जिल्ला सदस्य युवा नेता अनिल तामाङले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । सो अवसरमा बोल्दै  युवा नेता तामाङले कम्युनिष्टको एकता मजबुत बन्दै गएकोले पार्टी प्रवेशमा लहर चलेको बताए । नेकपाका नेता टिकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा गणेश नेपाल, अन्जन लामा, रुपा लामा, आशीष घलान, जीवन लामा, रवि चौधरी, श्याम मगर, दिनोज श्रेष्ठ, तिलक रानामगर, आकाश पाठक, लगायत युवाहरु पार्टी प्रवेश गरेका हुन् ।