नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको भन्दै ३ जना पक्राउ

नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको भन्दै ३ जना पक्राउ

चितवन , ६ साउन

चितवनमा नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपालमा अवैध मानिएको नेटवर्किङ व्यवसाय गरि सर्वसाधारणलाई अनेक प्रलोभन देखाइ ठगी गरेको भन्दै उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।एल टि एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रा लि नामक कम्पनीले अवैध नेटवर्किङ व्यवसाय गरि सर्वसाधरणलाई ठगी गरेको आरोपमा कम्पनीको अध्यक्ष सहित तिनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

प्रहरीले कम्पनीको अध्यक्ष सुनसरी जिल्ला धरान उपमहानगरपालिका ७ बस्ने बर्ष ३७ को सुमन भन्ने जहरमा घिसिङ , कम्पनीको सदस्यहरु गोरखा जिल्ला पालुङटार नगरपालिका १० बस्ने बर्ष ३९ को डि बि भन्ने दल बहादुर गुरुङ र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ९ बस्ने बर्ष ४३ को पार्वती के सी लाई पक्राउ गरेको हो । उनीहरुलाई ठगी मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रवक्ता कोइरालाले बताए ।