पैदल यात्रीलाई ठक्कर दिएर भाग्न खोज्दा मोटरसाइकल दुर्घटना , चालकको मृत्यु

पैदल यात्रीलाई ठक्कर दिएर भाग्न खोज्दा मोटरसाइकल दुर्घटना , चालकको मृत्यु

चितवन , ६ साउन

चितवनमा पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ रामनगर स्थित नारायणगढ मुग्लिन सडक खण्डमा नारायणगढ बाट रामनगर तर्फ जादै गरेको ना४२प ४९२९ को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

रामनगरमा स्थानीय ५० बर्षको ओम प्रसाद भुसाल लाई ठक्कर दिएर भाग्ने क्रममा रोकि राखेको ना५ख २२४६ नं. को ट्रकमा मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटना नाम थर वतन नखुलेको अन्दाजी २५-३० बर्षको मोटरसाइकल चालक एक पुरुषको मृत्यु भएको हो । मोटरसाइकल र ट्रक नियन्त्रणमा रहेको छ भने ट्रक चालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।