चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन , ५ असोज
चितवनमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित भतेरी जंगलमा राति साढे बाह्र बजे काठमाण्डौबाट रोल्पा जादै गरेको ना ४ ख २६०७ नम्बरको बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट उदयपुर जिल्ला गाईघाट नगरपालिका वडा नम्बर ६ घरभई हाल चितवनको भरतपुर महानगरपालिका २९ मा मजदुरी गरि बस्ने बर्ष ४५ को राम प्रसाद राजधामीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।