रत्ननगरको टरौलीमा निशुल्क स्वास्थ्य परीक्षण शिविर

रत्ननगरको टरौलीमा निशुल्क स्वास्थ्य परीक्षण शिविर

चितवन ०५ असोज । टरौली सामुदायिक पुस्तकालय र नगर स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा रत्ननगरको टरौलीमा निशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । एभरेस्ट हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा गरिएको शिविरमा ३०२ जनाले स्वास्थ्य परीक्षण गराएको पुस्तकालयका अध्यक्ष सागर मिश्रले जानकारी दिए ।

शिविरमा स्वास्थ्य जाँच गराएका विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । १ लाख तीस हजार बराबर रकमको औसधि निशुल्क वितरण गरिएको अध्यक्ष मिश्रले बताए ।

शिविरको प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । चितवनका वरिष्ठ मुटु रोग विषेशज्ञ डा. शंकर लौडारीको नेतृत्वमा जनरल सर्जरी, पेट रोग विशेषज्ञ डा. सरोज गिरी, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. हेमन्त कुमार गुप्ता लगायत अन्य १० जनाको टोलीले विरामीको स्वास्थ्य जाँच गरेका थिए ।

कार्यक्रमका विशिस्ट अतिथिहरु रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, रत्ननगर नगरपालिकाका नगर स्वास्थ्य प्रमुख इन्द्रलाल न्यौपाने, मृगकुञ्ज उपभोक्ता समितिका उपाध्यक्ष लोकराज भुसाल, वरिष्ठ मुटु रोग विषेशज्ञ डा. शंकर लौडारी तथा एभरेस्ट हस्पिटल प्रा.लि. का सञ्चालक विष्णु अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको अवसर पारेर टरौली सामुदायिक पुस्तकालय विकास सहयोगार्थ स्वरुप रु ३०,०००।(तीस हजार रुपैयाँ) मुक्तिनाथ बिकास बैंक पर्सा शाखाद्वारा बैंक प्रबन्धक विश्व क्षेत्री र कर्जा विभागमा कार्यरत कर्मचारी वास्तविक थपलियाले संयुक्त रुपमा पुस्तकालयका अध्यक्ष सागर मिश्रलाई हस्तान्तरण गरेका ।

स्वास्थ्य परीक्षण कार्यक्रममा निशुल्क वितरण गरेर बाँकी रहेको करिब ६ हजार बराबरको औष्धि डा. शंकर लौडारीले पुस्तकालय अध्यक्ष सागर मिश्र मार्फत नगर स्वास्थ्य केन्द्र टरौलीको लागि त्यस संस्थाका इन्चार्ज माधवप्रसाद सुवेदीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम सञ्चालन मधु नेपालले गरेका थिए ।