गैंडा मर्नुको कारण अझै पत्ता लागेन

गैंडा मर्नुको कारण अझै पत्ता लागेन

असोज ५ गते । चितवन राष्ट्रिय निकुञ्जमा गैडा संरक्षणमा चुनौती देखिएको छ । चोरी सिकारीबाट गैडा नमरेपनि प्राकृतिक कारण मर्ने क्रम वढेको छ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७५÷७६ मा ४६ वटा गैडा प्राकृतिक कारण मरेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा २६ वटा गैंडा मरेका थिए । अघिल्लो सालको तुलनामा गत वर्ष ठुलो संख्यामा गैडा मरेका छन् । एकै वर्षमा २६ वटा वढि गैडा मरेपछि संरक्षणमा चुनौती देखिएको हो । अत्याधिक गैंडा मरेपछि यसको अनुसन्धानका लागि विभागीय स्तरीय प्राविधिकको टोली गठन गरेपनि सो टोलीले अहिले सम्म रिपोर्ट पेश गर्न सकेको छैन् । एकै वर्षमा ४६ वटा गैडा मर्नु चुनौतीको विषय हो चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी एवंम् सहायक संरक्षण अधिकृत गोपाल घिमिरे भन्छन् – प्राकृतिक के कति कारणले मरेका हुने त्यसको रिपोर्ट अझै आएको छैन् । गैडा मर्नुको कारण खोजी गर्न करिव ६ महिना अघि प्राविधिकको टोली गठन भएको थियो । गैड गैडा जुधेर,बाघले खाएर,वुढो भएर,दलदलमा फसेर,रोगी भएर गैंडा मरेको सुचना अधिकारी घिमिरेले वताए । घाँसे मैदान र पानी पोखरी पर्याप्त नहुनु पनि गैडा संरक्षणका चुनौती हुन् । यसको व्यवस्थापनका लागि निकुञ्जले काम गरिरहेको घिमिरे वताउँछन् । चितवन निकुञ्जमा १० हजार हेक्टर घाँसे मैदान छ । यो मैदान जंगली जनावरका लागि पर्याप्त होईन् । गत वर्ष २ सय हेक्टर घाँसे मैदान व्यवस्थापन गरेको निकुञ्जले यस वर्ष ७ सय हेक्टर व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । यस्तै गर्त वर्ष ७१ वटा पानी पोखरी निर्माण गरिएको थियो भने यस वर्ष १० वटा भन्दा वढि निर्माण गर्ने निकुञ्जका सुचना अधिकारी घिमिरेले वताए । यसअघि सानाठुला गरि निकुञ्ज भित्र १ सय वटा पानी पोखरी थिए । पानी पोखरी र घाँसे मैदान जोडिएर वनाईएको छ । गैडाका लागि घाँससंगै पोखरी निर्माण गरे आहाल खेल्न सजिलो हुन्छ सुचना अधिकारी घिमिरेले भने – निकुञ्जले आवश्यकता अनुसार यो वर्ष घाँसे मैदान र पोखरी निर्माण पुरा गर्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन् जस मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा छन् । चितवन निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सहज रुपमा गैंडा देख्न सकिन्छ । गैंडा हेर्नकै लागि पनि आन्तरीक र वाह्य पर्यटकहरु चितवन आउने गर्छन् ।