रेवान सौराहाको अधिवेशन असोज ७ गते,सहमतीमा नेतृत्व आउँदै

रेवान सौराहाको अधिवेशन असोज ७ गते,सहमतीमा नेतृत्व आउँदै

असोज ५ गते । रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाको नयाँ नेतृत्व चयनका लागि यही असोज ७ गते १३ औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन हुदैछ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीका अनुसार अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष महासचिव,सचिव,कोषाध्यक्ष ,सहकोषाध्यक्ष र वाँकी सदस्यहरु चयन हुनेछन् । अधिवेशनबाट सर्वसम्मतीमा नयाँ समिति चयन हुने रेवानका अध्यक्ष गिरीले जानकारी दिए । सवै सदस्यहरु एक भएकाले सर्वसम्मत हुने उनको दावी छ । वर्तमान अध्यक्ष गिरीको कार्यकालमा १५ सदस्यीय रहेपनि यस पटक २१

सदस्यीय पुर्याउने तयारी छ ।

 

रेवान सौराहामा ५६ वटा रेस्टुरेन्टहरु आवद्ध छन् । सौराहाको पर्यटन प्रर्वद्धनमा भुमिका खेल्ने रेवान दोश्रो ठुलो संस्था हो ।