नेकपाका युवा उम्मेदवारले हारे सुरदेवी वनको चुनाव

नेकपाका युवा उम्मेदवारले हारे सुरदेवी वनको चुनाव

असोज ५ गते । नेकपाको पकट क्षेत्रको रुपमा रहेको राप्ती नगरपालिका १ स्थित सुरदेवी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा नेकपाका युवा उम्मेदवारले पराजय व्यहोरेका छन् । कार्यसमितिको कोषाध्यक्ष र एक सदस्य तथा लेखा समिति संयोजकमा भने नेकपाका उम्मेदवार विजयी भएका छन् । वनको शनिवार भएको अधिवेशनबाट अध्यक्षमा नेपाली काग्रेश निकटका वासुदेव आचार्य निर्वाचित भएका छन् । नेकपा र नेपाली काग्रेशले प्यालन वनाएर निर्वाचनमा होमिएका थिए । राप्ती नगरपालिका १ नेकपाको पकट क्षेत्र मानिन्छ । निर्वाचित अध्यक्ष आचार्यले नेकपा निकटका विमलकान्त डल्लाकोटीलाई ६७ मतले पराजीत गरेको निर्वाचन समिति संयोजक हरि प्रसाद उप्रेतीले जानकारी दिए । उपाध्यक्षमा काग्रेश निकटकै टेककुमारी चालिसे ३०० मतका साथ विजयी हुँदा उनका प्रतिद्धन्द्धी मरिजमान तामाङले २९० मत पाए । सचिवमा काग्रेशकै दुर्गा रायमाझीले नेकपाकी सरु श्रेष्ठलाई पराजीत गरिन् । रायमाझीले ३०२ र श्रेष्ठले २४९ मत पाईन् । कोषाध्यक्षमा भने नेकपाका कुमार खड्काले नेपाली काग्रेशका राजकुमार रैलालाई पराजीत गरे । खड्काले ३०७ मत र रैलाले २७७ मत प्राप्त गरे । सहसचिवमा काग्रेशका सरोज गौतमले ३०२ र नेकपाकी जानुका वर्तौलाले २७९ मत प्राप्त गरिन् । सदस्यहरुमा काग्रेश निकटका राधा पौडेल,मुना श्रेष्ठ,कल्पना विक,अस्मिता लामिछाने र गीता तामाङ र नेकपाबाट नवराज रैला निर्वाचित भएका निर्वाचन समिति संयोजक उप्रेतीले वताए । लेखा समिति संयोजकमा नेकपा निकटका रामहरी डल्लाकोटी निर्वाचित हुँदा दुई सदस्यमा काग्रेश निकटका विजयी भए ।