रत्ननगरमा डेंगु नियन्त्रणको काम तीब्र,बजारबाट पुराना टायर संकलन

रत्ननगरमा डेंगु नियन्त्रणको काम तीब्र,बजारबाट पुराना टायर संकलन

रत्ननगर ०५ असोज । रत्ननगर नगरपालिकाले डेंगु नियन्त्रणको लागि विभिन्न कामहरु गरिरहेको छ । लामखुट्टेको लार्भा नष्ट,जनचेतना अभियानसंगै नगरपालिकाले बजारमा रहेका मोटरसाईकल स्वरुम,ग्यारेज र ठुला सवारी साधन मर्मत केन्द्रमा रहेका पुराना टायर संकलन गरिरहेको छ ।

टायरमा जमेको पानीमा लामखुट्टेको लार्भा हुर्कने भएकाले टायर संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपानेले बताए । नगरपालिकाले सुरु गरेको डेंगु नियन्त्रणको काममा सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डे सहित महिला स्वास्थ्य स्वयसेविकाहरुले साथ दिएका छन ।

स्वास्थ्य शाखा प्रमुख न्यौपाने,अभियान्ता पाण्डे,महिला स्वास्थ्य स्वयम सेविकाहरु तथा नगरपालिकामा सरसफाई शाखाका काम गर्ने कर्मचारीहरु बजार र गाउँमा रहेका टाउर पसलहरुमा पुगेर टायर संकलन गरिरहेका छन । संकलन गरिएका टायरहरु नगरपालिकाले सुरक्षित ठाउँमा राखेका छ ।

अथक प्रयास पछि रत्ननगरमा डेंगु नियन्त्रणको चरणमा रहेको छ स्वास्थ्य शाखा प्रमुख न्यौपानेले भने अबस्था अझै सचेत हुनुपर्ने छ ।