भरतपुर महानगरमा सोमबार बिदा

चितवन , ५ असोज

भरतपुर महानगरपालिका कार्यालय सोमबार बन्द हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष चतुरमान गुरुङको शनिबार निधन भएकोले महानगरपालिकाले सोमबार शोक मनाउन बिदा दिने घोषणा गरेको हो ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोमबार भरतपुर महानगरपालिका कार्यालय र महानगर अन्र्तगतका अन्य कार्यालयहरु बन्द हुने जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीद्धारा जारी सूचनामा भरतपुरका शैक्षिक संस्था तथा विद्यालयहरुमा भने यो निर्णय लागु नहुने उल्लेख रहेको छ ।