रोट्रयाक्टले दियो विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धि तालिम

रोट्रयाक्टले दियो विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धि तालिम

चितवन , ५ असोज

रत्ननगरका विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिएको छ । रोट्रयाक्ट क्लब अफ रत्ननगरले रत्ननगरका आठवटा सामुदयिक विद्यालयका २२ जना विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम दिएको हो ।

रोट्रयाक्ट क्लब अफ इटहरीको पहलमा भएको तालिममा रेडक्रस सोसाइटीका प्रशिक्षकहरु नर बहादुर के सी र नविन राज तिवारीले तालिम दिएका थिए । प्राथमिक उपचार घर, कार्यालय वा जुनसुकै ठाउँमा आवश्यक पर्ने र तत्काल दिनुपर्ने भएकाले धेरै भन्दा धेरैले प्राथमिक उपचार सम्बन्धि तालिम लिनुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ रत्ननगरका अध्यक्ष निकेश खनाल , कार्यक्रम संयोजक अमृता अधिकारी , कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल लगायतले आफ्नो धारण राखेका थिए ।