ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

चितवन , ५ असोज

चितवनमा ट्रकको पछाडी ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बेलुका भरतपुर महानगरपालिका वडा नम्बर १ आपटारी नजिक  लु २ ख ६९० नम्बरको ट्रकको पछाडी ना ४४ प ५०१७ नम्बरको मोटरसाइकललाई ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

नवलपरासीबाट काठमाण्डौतर्फ जादै गरेको ट्रक र सोहि दिशातर्फ जादै गरेको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगर निवासी बर्ष २३ को आरुष रेग्मीको  उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।