जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका खनालको उम्मेदवारी

जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका खनालको उम्मेदवारी

चितवन , ६ कार्तिक।
नेपाल जेसिजको बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदको लागि चितवनका अरुणेश्वर खनालले उम्मेदवारी घोषँणा गरेका छन् । चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै बिसहजार जेसिजले बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा आफ्नो शाखाका पुर्व अध्यक्ष अरुणेश्वर खनाललाई उठाउने घोषँणा गरेको हो ।

रत्ननगर जेसिजको आतिथ्यतामा आगामी पुष ९ गतेदेखी १२ गतेसम्म चितवनकै रत्ननगरमा हुने ४६ औँ राष्ट्रिय महाधिवेसनमा आफ्नो शाखाका पूर्व अध्यक्ष खनाललाई नेपाल जेसिजको अध्यक्षको उम्मेदवारको रुपमा अगाडी ल्याइएको बीसहजार जेसिजका अध्यक्ष सन्तोष मजाकोटीले जानकारी दिए । सन् २००४ देखी जेसिज यात्रामा हिडेका खनाल बर्ष २०१० मा शाखा अध्यक्ष , बर्ष २०१२ मा राष्ट्रिय उपाध्यक्ष , बर्ष २०१३ मा राष्ट्रिय महासचिव , बर्ष २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको रुपमा आफ्नो कार्यकाल चलाइसकेका छन् ।

जेसिजको उद्देश्य परिपूर्ति गर्न र नेपालभरिका सक्रिय युवाहरुको क्षमता , नेतृत्व र व्यक्तित्व विकास गर्नको लागि आगामी बर्ष २०२० को अध्यक्षमा खनाललाई बिजयी गराउन समेत शाखाले अपिल गरेको छ । महाधिवेसनमा १ राष्ट्रिय अध्यक्ष ,४ राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष १२ राष्ट्रिय उपाध्यक्ष पदको लागि निर्वाचन हुनेछ । उम्मेदवारहरुले अधिवेशन भन्दा ४५ दिन अगावै उम्मेदवारी दर्ता गराउनुपर्नेछ । निर्वाचनमा देशभरका १ सय ४९ वटा शाखाबाट करिब १ हजार ८ सय मतदाता रहेका छन् ।