तिन बर्षमा नेपालको हरेक कुनामा विजुली पुग्छ : उर्जा मन्त्री पुन

तिन बर्षमा नेपालको हरेक कुनामा विजुली पुग्छ : उर्जा मन्त्री पुन

चितवन , ६ कार्तिक । 
उर्जा , जलस्रोत तथा सिचाँइ मन्त्री बर्षमान पुनले आगामी तिनबर्ष भित्र नेपालभर विजुली पुग्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको नारायणी नदी तटबन्धन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले यस आर्थिक वर्षमा चितवन सहित ४१ वटा जिल्लामा पुर्ण विद्युतीकरण गर्न २८ करोड रुपैँया विनियोजन गरेको बताउनुभयो ।

तिनबर्षभित्र विजुली नपुगेको कुनै ठाँउ नहुने दावी गर्दै मन्त्री पुनले चितवनको भरतपुरलाई बिशेष प्रथामिकतामा राख्दै भरतपुर महानगरभित्र करिब २० करोडको सडक बत्तीको योजना रहेको बताउनुभयो । त्यस्तै मन्त्री पुुनले नारायणीमा पानी जहाज संचालनको सम्भाव्यताको अध्ययन भएको र नारायणीमा २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज संचालन गर्न सकिने भन्दै निजी क्षेत्रले समेत त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।