कस्तुरी वचतको मुनाफा ३३ लाख, सहकारी व्याजमै केन्द्रित भएको मेयर चौधरीको भनाई

कार्तिक ६ गते । चितवनको खैरहनी नगरपालिका ८ पर्सामा रहेको कस्तुरी वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७५÷७६ मा साँढे २ करोड भन्दा वढिको कारोवार गरेको छ । कुल कारोवारबाट करिव ३३ लाख रुपैया खुद नाफा कमाएको सो सहकारीको बुधवार आयोजित चौथो वार्षिक साधारण सभामा जानकारी दिईयो । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष रामेश्वर पोखरेलले कुल ४७ लाख ९ हजार आम्दानीमा खर्च र कर कटाएर ३२ लाख ९९ हजार रुपैया नाफा गरेको वताए । भावी निति तथा कार्यक्रम अनुसार सो सहकारीले घरघरमै पुगेर वचत संकलन गर्ने पनि जनाएको छ । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष दुतवहादुर गुरुङसहित ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी,चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी सहकारीका अध्यक्ष रामेश्वर पोखेलले सम्मान गरेका थिए । सहकारीमा उत्कृष्ठ वचतकर्ता गर्नेहरु चिरञ्जिवी अर्याल,विनोद नेपाल,तारा खड्का,मेनुका श्रेष्ठ र रामहरी मैनालीलाई सम्मान गरिएको थियो । सो अवसरमा वोल्दै खैरहनीका मेयर चौधरीले कतिपय सहकारीहरु सहकारीको मर्म अनुसार चल्न नसकेको वताए । धेरै सहकारीहरु व्याज मात्रै हेर्छन मेयर चौधरीले भने – सहकारीले लिएका सिद्धान्तमा रहेर संचालन गर्न सहकारी अभियन्ताहरुलाई आग्रह गर्दछु । कार्यक्रममा साथी वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हेमन्त कडेंल,उत्तराखण्ड कृषि सहकारी संस्थाका अध्यक्ष टिका अधिकारी,कस्तुरी सहकारीकी महिला विभाग संयोजक लक्ष्मी ढकाल लगायतले मन्तव्य राखेका थिए ।