चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला

चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला

चितवन , ७ मंसिर
चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले पेस्तोल फेला पारेको छ । होस्टलमा हतियार रहेको खबर आएको भन्दै प्रहरीले होस्टलमा छापा मारेको थियो । होस्टलभित्र एक थान पेस्तोल भेटिएको र थप अनुसन्धान भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
चितवन मेडिकल कलेजले विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित हुदै आएका छन् । त्यसैको विरोधमा भोली आइतबार विद्यार्थीहरुले बृहत विरोध सभा गर्ने तयारी गरिरहेका थिए । विरोध सभालाई प्रभावित बनाउन कलेज प्रशासन र प्रहरी मिलेर विद्यार्थीहरुको आन्दोलन तुहिआउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।