पदाधिकारीलाई सहकारी शिक्षा तालिम
पुष ७ गते । खैरहनी नगरपालिका भित्र महिलाहरुले संचालन गरेका सहकारीका पदाधिकारीहरुलाई सहकारी शिक्षा तालिम सोमवारदेखी सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा सुरु भएको तालिम तीन दिन सम्म चल्नेछ । तालिमको नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे । सो अवसरमा मेयर चौधरीले ठुला सहकारी पनि पारदर्शी रुपमा महिलाहरुले शशक्त रुपमा संचालन गरिरहेको वताए । सहकारीमा धेरै समस्या रहेको उल्लेख गर्दै मेयर चौधरीले समय र परिस्थिती अनुसार चल्नु पर्ने धारणा राखे । सहकारीलाई गतिशिल वनाएर नगरपालिका संग हातेमालो गर्न समेत मेयर चौधरीले आग्रह गरे । तालिममा सहकारी प्रशिक्षक मिष्टर बाबु घिमिरेले सहकारी संचालनको नयाँ ऐन नियमका बारे सहजीकरण गर्ने नगरपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिईन् । नगर भित्र महिलाहरुले संचालन गरेका ८ वटा सहकारी छन् ।