अवैध उत्खननमा सलग्न ट्याक्टर नियन्त्रणमा
प्रकाशित मिति: सोमबार, पौष ०७, २०७६ | १७:३७:१२
पुष ७ गते । चितवनको कयर खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खखन् गरेका तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कयर खोलाबाट ग्राबेल उत्खनन् गरि भाग्ने क्रममा ट्याक्टर नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । अहिले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाईएको छ । प्रहरीका अनुसार लु ३ त ८४११,ना ५ त ८१९२ र ना ६ त ८९६४ नम्वरको ट्याक्टर खोला नजिकैबाट नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएको ट्याक्टरलाई जरिवानाका लागि नगरपालिकाको जिम्मा लगाईएको छ । नगरपालिकाले जरिवाना तिराएपछि ट्याक्टर छोडिने प्रहरीले जनाएको छ । अवैध रुपमा उत्खनन् गरेको अवस्थामा पहिलो पटक नियन्त्रणमा लिईए १० हजार रुपैया जरिवानाको व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : सोमबार, पौष ०७, २०७६ |
१७:३७:१२
1959