खनाल पोल्ट्री फर्मको नयाँ भवनमा आगलागी

खनाल पोल्ट्री फर्मको नयाँ भवनमा आगलागी

पुष ७ गते । राप्ती नगरपालिकाको एक प्लाई उद्योगमा आगलागी भएको दुई दिन पछि खैरहनी नगरपालिकामा रहेको एक पोल्ट्री फर्मका लागि निर्माण गरिएको भवनमा सोमवार आगलागी भएको छ । खैरहनी नगरपालिका १ सालघारीमा रहेको खनाल पोल्ट्री फर्मको नयाँ भवनमा आगलागी भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक जीवन सुनारीका अनुसार पोल्ट्री फर्मको स्टोरका लागि निर्माण गरिएको भवनमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । खैरहनी नगरपालिकाबाट गएको दुई वटा दमकल,नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको काम भईरहेको छ ।