विद्यालय नियमित गराउन शैक्षिक सामाग्री सहयोग
पुष ७ गते । आर्थिक अवस्थाका कारण विद्यालय अनियमित भएका रत्ननगर ७ का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रम संचालन गर्दै आईरहेको रत्ननगर उद्योग बाणिज्य संघले ४ जना विद्यार्थीहरुलाई सोमवार शैक्षिक सामाग्री सहयोग गरेको हो । रत्ननगरलाई वालमैत्री तथा वालश्रम मुक्त नगर वनाउन बाल संरक्षण तथा बालश्रम न्युनिकरण कार्यक्रम संचालन भईरहेको छ । रत्ननगर ७ को वडा कार्यालयमा आयोजित कार्यक्रममा एक जना बालकको परिवारलाई आयआर्जनको लागि बाख्रा समेत सहयोग गरिएको छ । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, वडा अध्यक्ष लाल बहादुर भट्ट , वडा सदस्यहरु, रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विरञ्जना घिमिरे ,वडा स्तरीय बाल संरक्षण समिति तथा अनुगमन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।