सुचना व्यवस्थापन प्रणालीबारे तालिम
पुष ७ गते । राप्ती नगरपालिका भित्र रहेका सहकारीका व्यवस्थापकहरुलाई सुचना व्यवस्थापन प्रणाली (कोपोमिस ) को प्रयोगात्मक तालिम दिईएको छ । गत वर्षदेखी आआफ्नो सहकारीको विवरण अनलाईन मार्फत वुझाउन कोपोमिसको व्यवस्था गरिएको थियो । प्राविधिक समस्याका कारण केही सहकारीहरुले विवरण वुझाउन नसकेपछि उनीहरुलाई प्रयोगात्मक तालिमनै दिईएको नगरपालिकाको सहकारी शाखा समेत सम्हाल्दै आएका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए । राप्ती नगरपालिका भित्र दुग्ध,वचत तथा ऋण र कृषि गरि ४६ वटा सहकारी छन् । त्यस मध्ये पहिलो चरणमा ३० वटा सहकारीका व्यवस्थापकहरुलाई तालिम दिईएको हो । नगरपालिकाकी सुचना तथा प्रविधि अधिकृत लक्ष्मी कडेंलले उनीहरुलाई सुचना व्यवस्थापन प्रणालीका बारे सहजीकरण गरेकी थिईन् । सोमवार नगरपालिका प्रमुख प्रभा बराल,प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।