वजार व्यवस्थित गर्न राप्ती उद्योग वाणिज्य संघको चासो
पुष ७ गते । नगर भित्रका वजारहरु अव्यवस्थित हुँदा कुरुप देखिन थालेपछि चितवनको राप्ती उद्योग वाणिज्य संघले चासो देखाएको छ । फोहोर,अटो रिक्सा लगायतका कारण वजार अस्तव्यस्त हुन थालेपछि उद्योग बाणिज्य संघले सोमवार सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर व्यवस्थापनका लागि चासो देखाएको हो । वजार व्यवस्थापनका लागि राप्ती नगरपालिकासंग सहकार्य गरेर काम गर्ने निर्णय भएको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कडेंलले वताए । कडेंलका अनुसार पहिलो चरणमा नगरपालिकाको खुरखुरे र बीरेन्द्रनगर चोकलाई व्यवस्थित गर्न छलफल गरिएको हो । फोहोर,अटो रिक्सा,ठेलाहरु अव्यवस्थित रुपमा राखिदा मुख्य वजारहरु कुरुप जस्तै वनेको छ । फोहोर व्यवस्थापनका लागि उचित जग्गा नहुँदा राप्ती नगरपालिकालाई फोहोर चुनौतीको रुपमा देखिएको छ । यस्तै छलफलले राहत कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । व्यवसायीहरुमा भैपरि आउने समस्या भए सहयोगका लागि कोष खडा गर्ने निर्णय भएको संघका अध्यक्ष कडेंलले वताए । छलफलले भावी कार्ययोजना वनाउने,कर सम्वन्धी तालिम संचालन गर्ने निर्णय पनि गरेको छ । राप्ती नगरपालिका प्रमुख प्रभा बरालको प्रमुख आतिथ्यतामा भएको छलफलमा संघका पदाधिकारीसहित सदस्यहरु,बीरेन्द्रनगर र खुरखुरेका व्यवसायी,वुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।