प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

चितवन , ६ भदौ

चितवनमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । पुर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ बुढिकुला नजिक प्रहरीलाई घुस दिन खोज्ने सोही स्थान निवासी बर्ष २२ को महेश बि क पक्राउ परेका छन् ।

र न पा १३ मा लागुऔषध सहित पक्राउ परेका तिनजनालाई रिहा गर्न बि क ले नगद ६ हजार २ सय दिने प्रयास गरेको इलाका प्रहरी कार्यालय टाडीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । आज दिउसो र न पा १३ मा लागुऔषध गाजा सहित प्रहरीले सोही स्थान निवासी बर्ष २३ को सिमन तामाङ , बर्ष २३ को कृष्ण चेपाङ र बर्ष २२ को प्रकाश बि क लाई पक्राउ गरेको थियोे । उनिहरुको साथबाट बिक्रीको लागि तयार पारेको ३ सय ५० ग्राम गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनजनालाई पक्राउ नगर्न आग्रह गर्दै महेश बि क ले सोही स्थानमा पुगेर घुस दिने प्रयास गरेका थिए । उनीहरु चारै जनालाई कारबाहीको लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।