नेपाली कांग्रेस जिल्ला समिती चितवनले विरोध प्रदर्शन गर्ने

नेपाली कांग्रेस जिल्ला समिती चितवनले विरोध प्रदर्शन गर्ने

चितवन , ६ असोज
नेपाली कांग्रेस जिल्ला समिती चितवनले मंगलबार भरतपुरमा विरोध प्र्रर्दशन कार्यक्रम गर्ने भएको छ । दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन चौबिसकोठीबाट शान्तिपूर्ण विरोध ¥याली र सभाको आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

देश व्यापी कार्यक्रम अनुसार चितवनमा पनि कार्यक्रम गर्न लागेको नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले बताए । नेपाल कम्यूनिष्ट पार्टीको कुशासन,विधिको उल्लंघन र ज्यादतीका विरुद्ध , बढ्दो मंहगी नियन्त्रणका लागि दबाब सिर्जना गर्न , वाइवडी,एनसेल करछली प्रकरण लगाएतका भ्रष्टचार र अनियमितताको पर्दाफास गर्न , महिला हिंसा,हत्या बलात्कार र मानवबेचविखनका विरुद्ध आवाज उठाउन , मिडिया काउन्सिल र मानव अधिकार आयोग विधेकलगाएतमा भएका अलोकतान्त्रिक व्यवस्थाका विरुद्धमा , केन्द्र, प्रदेश र स्थिानीय तहहरुले अस्वाभाविक ढंगबाट वृद्धि गरेका सबैखाले करको विरुद्धमा , स्थानीय तहका विकास निमार्णका कार्यहरुमा हुनेगरेका अनियमितता र भष्ट्रचारको विरुद्ध कृषकलाई रासायनिक मल, विऊ विजन समयमै उपलब्ध गराउन लगायतको बिषयको लागि विरोध ¥याली र सभाको आयोजना गरिएको सभापति श्रेष्ठले बताए ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बालकृष्ण खाडको सम्बोधन रहने जनाइएको छ । कार्यक्रममा करिब २५ हजार नेता कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिती रहने अपेक्षा गरिएको र उक्त कार्यक्रम शक्ती प्रदर्शनको रुपमा समेत रहने नेपाली कांगे्रसका जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए ।