कालिका नगरपालिकाका २५ जना व्यवसायिक कृषकहरु पुरस्कृत

कालिका नगरपालिकाका २५ जना व्यवसायिक कृषकहरु पुरस्कृत

चितवन, ७ कार्तिक
कालिका नगरपालिकाभित्रका व्यवसायिक दुग्ध उत्पादक कृषकहरुलाई पुरस्कृत भएका छन् । बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने २५ जना कृषकहरुलाई आज पुरस्कर वितरण गरिएको हो ।

गत आर्थिक बर्ष २०७५/७६ मा बार्षिक १० हजार लिटर भन्दा बढी दुध उत्पादन गर्ने कृषकहरुलाई नगद २५ हजार रुपैयाँको दरले पुरस्कर वितरण गरिएको पशु सेवा शाखाका प्रमुख ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । आर्थिक बर्ष २०७४/७५ मा जम्मा १२ जना कृषकहरुले १० हजार लिटर भन्दा बढी दुध उत्पादन गरेर पुरस्कर वितरण गरिएको थियो । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले किसानहरुलाई पुरस्कार बितरण गरेका थिए । कालिका नगरपालिका वडा नम्बर ४ का नारायण गिरिले सबैभन्दा बढी ५८ हजार ४ सय लिटर दुध उत्पादन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले कृषि र पशुपालनमा नगरपालिकाले बिशेष प्राथमिकता दिएको भन्दै अघिल्लो बर्ष भन्दा अहिले धेरै कृषकहरु व्यवसायिक भएकोमा खुसी व्यक्त गरे । मेयर श्रेष्ठले कालिकका जनतालाई व्यवसायिक बनाउने सोच अनुसार किसानलाई प्रोत्साहन गर्न पुरस्कार वितरण गर्न सुरु गरिएको बताए । नगरवासीलाई व्यवसायिक बनाउन कतै मौरी वितरण गरिएको , पशुपालनमा पुरस्कर वितरण गरिएको मयर श्रेष्ठले बताए ।

कार्यक्रम बोल्ने किसानहरुले डेरिहरुले समयमा भुक्तानी नदिने , बुढो भएको गाईको व्यवस्थापन लगायतको बिषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा
सुजन ढुङ्गाना , शोभा भट्ट , वडा नम्बर ३ को वडा अध्यक्ष टीका रिजाल , वडा १ को वडा अध्यक्ष कृष्ण श्रेष्ठ , वडा नम्बर ६ को वडा अध्यक्ष बिनोद रेग्मी , वडा नम्बर ७ को वडा अध्यक्ष डिल्लीराम दुवाडि , प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी लगायतले युवापुस्ता पनि व्यवसायिक रुपमा पशुपालनमा लाग्नुपर्ने र दुधको उत्पादन लागत घटाउन घासखेती गर्नुपर्ने बताए ।