भरतपुरलाई सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिदैँ

भरतपुरलाई सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिदैँ

चितवन , ७ कार्तिक ।
चितवनको भरतपुर महानगरपालिकालाई अभिभावक बिहीन, सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । अभिभावक बिहीन, सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न आवश्यक सूचांकहरु पुरा भएकाले भरतपुर महानगरपालिकालाई शनिबार एक कार्यक्रमको आयोजना गरि अभिभावक बिहीन, सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणाँ गर्न असोज २७ गतेदेखी महानगरको सडकपेटी एवंम् सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षीहरुको उद्धार तथा परामर्श सेवा सुरु गरेको थियो । कार्तिक ९ गते शनिबार ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भरतपुरलाई सडक मानवमुक्त महानगर घोषणा गर्न लागिएको महानगर प्रमुख रेणु दहालले जानकारी दिइन् । घोषणा अघि क्याम्पाचौरबाट महानगर परिसरसम्म पैदल र्यालि हुनेछ ।

असोज २७ गतेदेखी संचालित अभियानमा हाल सम्म २५० जनाको उद्धार गरिएको जस मध्ये ८ जना आश्रममै सेवा दिनु पर्ने,२० जना कामको खोजीमा आउनेहरु र अन्य जाँडरक्सी सेवन गर्ने तथा तेश्रो लिंगीहरु रहेको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । मानवसेवा आश्रमले २०७१ सालदेखी भने ५०० जनाको उद्धार गरेकोमा ३०० जनालाई पारिवारीक मिलन गराएको,१०० जनाको मृत्यु भएको र बाँकी आश्रममा आश्रय लिएर बसिरहेका छन् ।