र्दुगेशले प्रहरीकै अगाडी ‘ले निकाल गाँजा’ भन्दै गित गाए (भिडियो सहित)

र्दुगेशले प्रहरीकै अगाडी ‘ले निकाल गाँजा’ भन्दै गित गाए (भिडियो सहित)

चितवन , ७ कार्तिक ।
लागुऔषध तथा मदिराको प्रयोगको लागि प्रोत्साहन गरेर गित गाएको भन्दै महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएर गित हटाए पश्चात् रिहा भएका गायक र्दुगेश थापाले चितवन आएर फेरी त्यहीँ गित गाएका छन् । उनले प्रहरीकै अगाडी ह्याप्पी तिहार चिसो बियर , ले निकाल गाँजा भन्दै गित गाएका छन् ।

पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ७ विरेन्द्रनगरमा राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको प्रथम राप्ती महोत्सवमा र्दुगेशले यस्तो गित गाएका हुन् । उनले गित गाँउदा महोत्सवमा सुरक्षारत खटिएका प्रहरी टुलुटुलु हेरेर बसिरहेका थिए भए उनका समर्थकहरु उनको गितमा रमाउदै थिए । सार्वजनिक कार्यक्रममा लागुऔषध तथा मदिराको प्रयोगको लागि प्रोत्साहन गरेको भन्दै उनलाई कारबाही हुनसक्ने जानकारहरु बताउछन् ।