संघीयता कार्यान्वयन गर्न कर्मचारी अभाव ,संघीयताको अनुभुती गर्न समय लाग्छ : मुख्यमन्त्री पौडेल

संघीयता कार्यान्वयन गर्न कर्मचारी अभाव ,संघीयताको अनुभुती गर्न समय लाग्छ : मुख्यमन्त्री पौडेल

चितवन , ८ मंसिर।
प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीयताको कार्यान्वयन गर्न कर्मचारी अभाव भएको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ को प्रदेश भेलालाई आईतवार सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले सिंहदरबार घर घरमा ल्याउने भनीयतामा कर्मचारीको अभावले गर्दा सोचेअनुरुप काम हुननसकेको बताए ।

कर्मचारी अभाव , विभिन्न ऐन कानुन नबनेकोले संघियताको अनुभती गर्न अझै दुई तीन वर्ष लाग्ने वताएका छन् । प्रदेश सरकार गठन भएको दुई वर्ष मात्र भएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले अवको दुई तीन वर्षमा धेरै कामको अनुभती जनताले गर्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारसंग ४५ प्रतिशत मात्रै कर्मचारी रहेका छन् । दुईदिनसम्म चलेको प्रदेश भेलाले १३ वुँदे घोषणा पत्र जारी गेरेको जिल्ला समन्वय समिति चितवनका प्रमुख समेत रहेका प्रदेश महासंघका प्रवक्ता कृष्णकुमार डल्लाकोटीले वताए ।

 

जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरुलाई अनुगमन, समन्वय, निर्देशन आदि कार्यका लागि स्पष्ट कानूनी व्यवस्था हुनु पर्ने , नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन गर्न जिससको अनुमति लिनुपर्ने लगायत १३ वुँदे घोषणा पत्र जारी गरिएको डल्लाकोटीले वताए । जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ का अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको भेलामा प्रदेशका १३ जिल्लाका जिसस प्रमुख,उपप्रमुखहरुको उपस्थिती रहेको थियो ।