खैरहनीका मेयर चौधरीलाई पितृ शोक

खैरहनीका मेयर चौधरीलाई पितृ शोक

चितवन , ८ पुस
चितवनको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीलाई पितृ शोक परेको छ । मेयर चौधरीको पिता जोखाराम चौधरीको ८१ बर्षको उमेरमा सोमबार बेलुका निधन भएको हो । प्रेसर र दमबाट पीडित चौधरीको आफ्नै निवासमा निधन भएको हो ।

१९९५ मा जन्मिएका चौधरी चार पटकसम्म वडाअध्यक्ष भएका थिए । ६ जना छोराहरु मध्य मेयर चौधरी माइला हुन् । स्वर्गीय चौधरी जेठाछोरासंग बस्दै आएका थिए । उनको आज देवघाटमा दाहसंस्कार गरिएको छ ।