कावासोतीमा डरलाग्दो दुर्घटना , कारमा सवार ५ जनाको मृत्यु

कावासोतीमा डरलाग्दो दुर्घटना , कारमा सवार ५ जनाको मृत्यु

नवलपरासी , ७ असोज
पूर्वी नवलपरासीको कावासोतीमा गएराति ठुलो दुर्घटना भएको छ । कावासोती ८ खरखुट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठक्कर खाएको हो ।

र्दुघटनामा परि कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते पाँचजनालाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले उनीहरुलाई मृत घोषँणा गरेको थियो । मृतकहरुको सनाखत भएको छैन । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।