मध्यविन्दुमा दुईवटा बस पल्टियो , एकजनाको मृत्यु २० घाइते

मध्यविन्दुमा दुईवटा बस पल्टियो , एकजनाको मृत्यु २० घाइते

नवलपरासी , ७ असोज

पूर्वी नवलपरासीमा  बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान करिब पौने दुईबजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिका वडा नम्बर १० मा दाङ बाट काठमाण्डौ जादै गरेको ना.७ ख.८६४२ अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियोे ।

दुर्घटना परि एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसको चालक मकवानपुर जिल्ला निवासी बर्ष ३५ को लक्ष्मण तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । र्दुघटनामा परि गम्भिर घाइते भएका उनको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १५ जनाको चितवन र नवलपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै आज बिहान ४. ४० बजे मध्यविन्दु नगरपालिका –७ , स्थित पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रीत भई पल्टिदा पाँच जना घाईते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिँदा पाँच जना घाइते भएका हुन । घाइतेसबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । घाइते मध्य दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।