चितवनको एक उद्योगमा आगलागी , करोडौँँको क्षति

चितवनको एक उद्योगमा आगलागी , करोडौँँको क्षति

चितवन , ७ असोज

चितवनको एक प्याकेजिङ उद्योगमा आगलागी हुदाँ करोडौँको क्षति भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको युनाइटेड प्याकेजिङ प्रा लि मा मंगलबार बिहान आगो लागेको हो ।

बिहान ३ बजेदेखी लागेको आगो बिहान ११ बजेतिर मात्रै केहि नियन्त्रणमा आएको थियो । कार्टुनको भित्र भित्र आगो अझै रहेकोले आगो निभाउने काम जारी रहेको छ । चट्याङ पर्दा विद्युत सर्टभई कार्टुन निर्माण गर्ने उद्योगमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेकोे छ ।

आगो नियन्त्रण गर्न नेपाली सेनाको दमकल , भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र कावसोतीको गरि ५ वटा दमकल प्रयोग गरिएको छ । दमकल , नेपाल प्रहरी, नेपाली सेना , सशस्त्र प्रहरी तथा स्थानियको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगलागीबाट करिब ५ करोडको क्षति भएको उद्योगले जनाएको छ ।