ओलीले जस्तै देउवाले पनि सुनिरहनुभएको छैन

ओलीले जस्तै देउवाले पनि सुनिरहनुभएको छैन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महाधिवेशनको बहस चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनको समूहले फागुनमा महाधिवेशन नगर्ने बाहना बनाइरहेको भन्दै उनी इतरको समूह आक्रोशित छ । केन्द्रीय सदस्य शेखर कोइरालाले त यस्तै आलटाल भइरहे विधानअनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर महाधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् । कोइरालाले यो पनि भनेका छन्, ‘यदि शेरबहादुर देउवा र रामचन्द्र पौडेल फेरि सभापतिमा उठे भने दुईजना मात्रै उम्मेदवार हुने छैनन् ।’