उपनिर्वाचनको लागि चितवनमा काग्रेसको उम्मेदवार घोषणा

चितवन , ८ कार्तिक।
अगामी मंसिर १४ गतेहुने उपनिर्वाचनको लागि चितवनमा नेपाली कांग्रेसले उम्मेदवारहरुको घोषणा गरेको छ । चितवनमा २ वटा स्थानिय तहमा खाली रहेको ३ वटा पदको लागि उप निर्वाचन हुदैँछ ।

वडा अध्यक्षको लागि उप निर्वाचन हुने भरतपुर महानगरपालिका वडा नम्बर १६ ,खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को लागि नेपाली कांग्रेसले आफ्नो पार्टीको उम्मेदवारहरुको घोषण गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा अमृत हमाल , खैरहनी ५ मा प्रतिमा कार्की बस्नेत र ४ मा देव बहादुर बस्नेतलाई उम्मेदवार भएका छन् ।

खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र ५ का वडाध्यक्ष विश्व विजय वस्नेतको वि.सं. २०७४ माघमा सवारी दुर्घटनामा निधन भएको थियो भने भरतपुर १६ का वडाध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण निधन हुदाँ पद रिक्त भएको हो । खैरहनीको दुवैवडामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने भरतपुर १६ मा तत्कालीन नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

उम्मेदवार घोषणा सभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले काग्रेशले कसैसंग सम्झौता नगर्ने वताए । विगतमा कांग्रेसले विभिन्न पार्टीका उम्मेदवारहरुलाई समर्थन गरेको सम्झदै उनले विगतका कुराहरु विर्सेर आगामी उपनिर्वाचनमा काग्रेशलेनै काग्रेशलाई जिताउने गरि खटिन कार्यकर्तालाई निर्देशन समेत दिए । कम्युनिष्ट सरकारको गतिविधिले जनता रुष्ट भएकाले नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुने उनले बताए ।

नेपाली काग्रेश खैरहनी नगर समितिका सभापति शशि कुमार खनियाको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेशका केन्द्रिय सदस्य जीवन परियार,काग्रेश जिल्ला सभापति जीत नारायण श्रेष्ठ,निवर्तमान सभापति टेक प्रसाद गुरुङ,पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए ।