खैरहनीले सुरु गर्यो लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान

खैरहनीले सुरु गर्यो लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान

मंसिर ९ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमवार सुरुवात गरेको छ । खैरहनी नगरपालिकाले नगरपालिकाको वडा नम्वर १० कठारमा औपचारिक कार्यक्रम गरि समानता पुस्ताः वलात्कार विरुद्धको एक्येवद्धता भन्ने नाराका साथ अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा खैरहनी नगरपालिका मेयर लालमणी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,कार्यपालिका सदस्यहरु मैया विक,गोमादेवी भुजेल लगायतले १६ वटा मैनवत्ती सयुक्त रुपमा प्रज्वलन गरि अभियानको सुरुवात गरेका थिए । अभियानको उद्घाटन गर्दै मेयर चौधरीले हिंसा गर्ने विरुद्ध एकजुट हुनु पर्नेमा जोड दिए । घर परिवार,समाजबाटै हिंसाको सुरुवात हुन्छ मेयर चौधरीले भने – त्यसका विरुद्ध सवै एक ठाउँमा उभिनु पर्छ,हिंसा न्युनिकरणका लागि पुरुषहरु पनि प्रतिवद्ध हुनु पर्छ । कठारका मुसहर समुदायलाई लक्षित गर्दै खैरहनीले अभियानको सुरुवात गरको हो । मेयर चौधरीले मुसहर समुदायलाई आर्थिक विकासको काममा लाग्न समेत सुझाव दिए । खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य गोमादेवी भुजेल, नगरपालिकाको महिला तथा वालवालिका शाखाकी विमला रानाभाट लगायतले मन्तव्य राखेका थिए । नगरपालिकाको महिला तथा वालवालिका शाखाकी प्रमुख कृष्णकुमारी गुरुङका अनुसार अभियानको सुरुवातसंगै तीन दिन सम्म मुसहर महिलाहरुका लागि अनुशिक्षण कार्यक्रम समेत सुरु भएको छ । अभियान अन्र्तगत भने नगर भित्र रहेका विभिन्न सहकारी संस्था,स्वास्थ्य संस्थाहरुले नगरपालिकासंग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्ने गुरुङले वताईन् । यसबीचमा टोल सुधार समिति सदस्यहरुबीच अन्र्तक्रिया,निगरानी समुहका अध्यक्षहरु र अधिवक्ताहरुबीच अन्र्तक्रिया,१६ दिने दिन पर्ने विभिन्न दिवसहरुलाई विषेश रुपमा मनाउँदै मंसिर २४ गते अयिभानको समापन गरिने महिला तथा वालवालिका शाखा प्रमुख गुरुङले जानकारी दिईन् ।