जनताप्रति उत्तरदायी वडाध्यक्ष लामा,१०० घरधुरीको स्वास्थ्य बीमा

जनताप्रति उत्तरदायी वडाध्यक्ष लामा,१०० घरधुरीको स्वास्थ्य बीमा

मंसिर ९ गते । विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिएको चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ को वडा कार्यालयले निशुल्क बीमाको सुरुवात गरेको छ । आर्थिक अवस्थाका कारण समस्यामा परेका विपन्न समुदायका एक सय धरधुरीका लागि स्वास्थ्य बीमा गरेको राप्ती ४ का वडाध्यक्ष शमशेर लामाले वताए । स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयले ३ लाख ५० हजार रुपैया विनियोजन गरेको थियो । सोही वजेटबाट वडा भित्र रहेका विपन्न वर्गका समुदायलाई स्वास्थ्य बीमा गरिएको वडाध्यक्ष लामाले वताए । स्वास्थ्य बीमा गरिएका मध्ये प्राय धेरै दलित समुदायका छन् । उपचारकै अभावमा कसैले अकालमा ज्यान गुमाउनु हुदैन वडाध्यक्ष लामाले भने – वडाले गरेको स्वास्थ्य बीमाले लक्षित वर्गलाई फाईदा हुने विश्वास छ । वडाले गरेको स्वास्थ्य बीमा कार्यक्रम नगरकै पहिलो हो । यस वाहेक वडा कार्यालयले लक्षित वर्गका लागि विभिन्न कार्यक्रम चालु आर्थिक वर्षमा पनि समावेश गरेको छ । यसै वर्ष राप्ती ४ ले महिलाहरुका लागि शीप मुलक सिलाई कटाई तालिम,सुत्केरी पोषण खर्च दिने कार्यक्रम गर्दैछ । यस्तै विद्यार्थी खाजा कार्यक्रमलाई पनि निरन्तरता दिईएको छ । सिलाई कटाई तालिम दिएर टेलरनै खोलिदिनका लागि यस वर्ष ३ लाख रुपैया,विद्यार्थी खाजा कार्यक्रमका लागि ४ लाख रुपैया र सुत्केरी पोषण खर्चका लागि ३ लाख रुपैया विनियोजन गरेको वडाध्यक्ष शमशेर लामाले वताए ।