जित्नेमा ढुक्क छु – जेसिजको अध्यक्षका उम्मेदवार अरुणेश्वर खनाल
पुष ९ गते । नेपाल जेसिजको राष्ट्रिय महाविधेशनको अध्यक्षमा आफुले सहज रुपमा जित हासिल गर्ने अध्यक्षका उम्मेदवार अरुणेश्वर खनालले दावी गरेका छन् । चितवनको रत्ननगरमा बुधवारदेखी ४६ औं राष्ट्रिय महाधिवेशन सुरु हुदैछ । निर्वाचनको प्रक्रिया भने शुक्रवारदेखी सुरु हुने छ । राष्ट्रिय अध्यक्षमा जित दिलाउन चितवनको बीस हजार जेसिजले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार खनालले महाधिवेशनबाट आफु अध्यक्षमा निर्वाचित हुने वताएका हुन् । जेसिजको पदिय भुमिका र अनुभवका आधारमा आफु सहज रुपमा अध्यक्ष वन्नेमा ढुक्क रहेको उनको भनाई थियो । खनाल सन् यसअघि २०१२ मा राष्ट्रिय उपाध्यक्ष,सन् २०१३ मा राष्ट्रिय महासचिव र सन् २०१६ मा राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष भईसकेका छन् । बीस हजार जेसिजका अध्यक्ष सन्तोष मजाकोटीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय अध्यक्षका उम्मेदवार खनालले आफु निर्वाचित भए सरकारले गर्ने कामहरुमा सहकार्य गरेर अगाडी वढ्ने वताए । जेसिजका नियमित कामहरुसंगै सरकारले गर्ने काममा सहकार्य गर्न पहल गर्छु खनालले भने –पूर्व अध्यक्षहरुलाई निति निर्माण तहमा पुर्याउन भुमिका निर्वाह गर्छु । क्षेत्रीय तालिम प्रतिष्ठान वनाउने उनको मुख्य एजेण्डा छ । चितवनबाट दिनेश कोईराला र महेश दाहाल यसअघि जेसिजको राष्ट्रिय अध्यक्षमा रहेर काम गरिसकेका छन् । पत्रकार सम्मेलनमा जेसिजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी,बीस हजार जेसिजका पूर्व अध्यक्ष रमेश वस्ताकोटीले अध्यक्षका उम्मेदवार खनाल सरल,मिलनसार,नेतृत्व गर्न सक्ने क्षमता भएकाले निर्वाचन उनकै पक्षमा आउने दावी गरे । महाधिवेशनमा देशभर रहेका १५० वटा शाखाबाट १ हजार ८ सय ३६ जनाले मताधिकार प्रयोग गर्नेछन् । अध्यक्षका लागि खनालसंगै तीन जनाको उम्मेदवारी छ । त्यस्तै ४ जना कार्यकारीणि उपाध्यक्षका लागि ११ जना र १२ जना राष्ट्रिय उपाध्यक्षका लागि २१ जनाको उम्मेदवारी परेको छ । रत्ननगर जेसिजको आतिथ्यतामा सुरु भएको महाधिवेशन पुष १२ गते सम्म चल्ने छ ।