पत्रकार पुडासैनीकोे घटनाको अनुसन्धानको मिसिल बुझाइयो

पत्रकार पुडासैनीकोे घटनाको अनुसन्धानको मिसिल बुझाइयो

चितवन , ८ भदौ

पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले मिसिल बुझाएको छ । प्रहरीले अनुसन्धानको मिसिल सरकारी वकीलको कार्यालयमा पेश गरेको हो ।

पुडासैनीको घटनामा अनुसन्धान गर्न सिआइबीका प्रहरी उपरिक्षक दिपक रेग्मी नेतृत्वको टोली चितवन आएको थियो । सिआइबी र चितवन प्रहरीलले अनुसन्धानको मिसिल सरकारी वकील कार्यालयमा बुझाएको प्रहरी उपरिक्षक रेग्मीले बताए । प्रहरीले रवि लामिछाने , युवराज पुडासैनी र अस्मित कार्कीबिरुद्ध आत्महत्या दुरुत्साहन कसूर अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । रवि सहित अन्य दई जनालाई केहिबेरमा अदालतमा पेश गर्ने तयारी गरिएको छ ।