रत्ननगरमा ४०५ जनाले गरे रक्तदान

रत्ननगरमा ४०५ जनाले गरे रक्तदान

चितवन ,८ भदौ  

चितवनको रत्ननगर शनिवार आयोजित वृहत रक्तदान कार्यक्रममा ४ सय ५ जनाले रक्तदान गरेका छन् । सामाजिक र मानबीय काममा सक्रिय रहेको रोटरी क्लव अफ रत्ननगर , रोट्रयाक्ट क्लब अफ रत्ननगर , इन्ट्रयाक्ट क्लब अफ स्काइराइडर को संयुक्त आयोजना, नेपाल रेडक्रस सोसाईटी चितवनको प्रावधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा डिआईजी सहित ४ सय ५ जनाले रक्तदान गरेका हुन् ।

शशस्त्र प्रहरी वलका डिआइजी चिरञ्जिवी अधिकारीसहित ३० जना शशस्त्र प्रहरीले पनि रक्तदान गरेको रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए । डिआईजी अधिकारीले पहिलो पटक रक्तदान गरेका थिए । सोही कार्यक्रममा रक्तदान गरेर रोटरीका अध्यक्ष पोखरेलले अहिले सम्म ५९ औं पटक पुर्याए । रत्ननगर ११ मंगलपुर स्थित गामवेशीको चेपाङ संरक्षणमा रहेका ३ जना चेपाङ विद्यार्थी,शक्तिशाली आमा समुहमा आवद्ध महिलाहरुले समेत रक्तदान गरेको रोटरी क्लव अफ रत्ननगरका निवर्तमान अध्यक्ष जनक पौडेलले वताए । रोटरीले गरेको रक्तदान कार्यक्रम चालु आर्थिक वर्षकै जिल्लाकै उच्च रक्तदाता वनाएर रेकर्ड समेत वनायो ।

गैडाकोट स्थित भिडिआरसीले साउन अन्तिम साता आयोजना गरेको कार्यक्रममा ५ सय जना भन्दा वढिले रक्तदान गरेका थिए । रोटरीले रत्ननगरमा मुसहर वस्ती निर्माण, टिकौली सार्वजनिक शौचालय निर्माण,कालिका नगरपालिकामा लुघवित्त कार्यक्रम,रत्ननगर उद्योग वाणिज्य संघ र शहिद स्मृती वहुमुखी क्याम्पसमा लाईव्रेरी निर्माण गरिसकेको छ ।