किसानले गरे मुख्यमन्त्री र मेयरको ध्यानाकर्षण

किसानले गरे मुख्यमन्त्री र मेयरको ध्यानाकर्षण

असोज ८ गते । आफुहरुले लगाएको धानखेतीमा वाला नलाग्ने समस्या देखिएको पछि चिन्तित वनेका चितवनका किसानहरुले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको ध्यानाकर्षण गराएका छन् । चितवन केरा उत्पादक संघका वार्षिक साधारण सभामा सहभागी हुन आएका मुख्यमन्त्री पौडेललाई रत्ननगगरका किसानहरुले आफ्नो समस्या राख्दै ध्यानाकर्षण गराएका हुन् । पुर्वी चितवनको राप्ती,खैरहनी र रत्ननगर नगरपालिकामा किसानले लगाएको गरिमा जातको धानमा वाला नलाग्ने समस्या देखिएको छ । यस्तो समस्या देखा पर्दा समेत स्थानीय तह मौन रहेको भन्दै रत्ननगरमा भेला भएका किसानहरुको समुहले ११ सदस्यीय गरिमा हाइव्रेड धान वीउ पीडित किसान संघर्ष समिति समेत गठन गरेका थिए । सोही संघर्ष समितिले बुधवार मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्र वुझ्दै मुख्यमन्त्री पौडेलले प्राविधिकहरुसंग सल्लाह गरेपछि समस्या समाधानमा लाग्ने वताए । कृषि विज्ञहरुको टोलीले वाला नलाग्ने समस्या देखिएपछि चितवनमा स्थलगत अध्ययन समेत गरिसकेका छन् । संर्घष समितिले बुधवारनै रत्ननगर नगरपालिकाका मेयर नारायण वनको समेत ध्यानाकर्षण गराएको छ । मेयर वनले गरिमा नामको हाइव्रेड धान भनिए पनि उक्त धानको विउनै नभएको सुनिएको कारण प्राविधिकवाट जाच गरिने र खराव विउ वेच्नेलाई कारवाहीको दायरामा ल्याउने वताए । सङ्घर्ष समितिले भने स्थानिय तहले किसानको समस्यालाई सामान्य तरिकाले हेरेको भन्दै ४८ घण्टा भित्र छानविन,क्षतीपूर्ती लगायतका प्रक्रिया सुरु नगरे रत्ननगरका सम्पुर्ण एग्रोभेटहरुमा तालावन्दी गर्ने चेतावनी दिएको छ । चितवनमा करिव ५ सय विगाहा भन्दा वढि क्षेत्रफलमा लगाएको गरिमा जातको धानमा वाला नलाग्ने समस्या देखिएको अनुमान छ ।