रत्ननगरका होटलमा सरसफाई कमजोर, मिति सकिएको पेय पदार्थ भेटियो

रत्ननगरका होटलमा सरसफाई कमजोर, मिति सकिएको पेय पदार्थ भेटियो

असोज ८ गते । पूर्वी चितवनको रत्ननगरमा बुधवार सयुक्त अनुगमन टोलीले वजार अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतको नेतृत्वमा रत्ननगरमा रहेका होटल,रेस्टुरेन्ट,किराना पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा होटल तथा रेस्टुरेन्टहरुले भान्सा व्यवस्थापन र सरसफाईमा सुधार गर्नु पर्ने पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले जानकारी दिए । वकुलहर स्थित भेजिडी लाईटमा म्याद गुज्रिएका पेय पदार्थ विक्रीका लागि राखिएको पाईएको थियो । टोलीले भेजिडी लाईटसहित हिमचुली मिष्ठान भण्डार,अन्नपूर्ण रेस्टुरेन्ट,जयश्री गणेश फ्रुट सेन्टर,नमस्ते हाम्रो पसल,मनकामना होटल,थकाली भान्छा घर,रेडविन्स,टिपिन बक्स एण्ड तन्दुरी,पवित्रा किराना स्टोर,माईमनकामना सप्लायर्स ,गोर्खाली तास घर लगायतका पसलहरुमा अनुगमन गरेको थियो । किराना पसलहरुमा चकलेट र पेय पदार्थको म्याद गुज्रिएको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख राउतले वताए । कमजोरी सुधार गर्न एक हप्ताको समय दिईएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय चितवन,घरेलु तथा साना उद्योग कार्यालय चितवन,रत्ननगर नगरपालिका,उपभोक्ता अधिकार संरक्षण मंचका प्रतिनिधी,प्रहरी र पत्रकारहरु सहभागी थिए । राउतले स्थानीय तहलाई वजार अनुगमनको अधिकार आएकाले स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरु जिम्मेवार वन्नु पर्ने वताए ।