रत्ननगरमा सोमवार र शुक्रवार हाटबजार लाग्ने

रत्ननगरमा सोमवार र शुक्रवार हाटबजार लाग्ने

रत्ननगर ८ असोज । रत्ननगरमा प्रत्यक सोमबार र शुक्रबार हाटबजार लाग्ने भएको छ । कल्याण टोल बिकास संस्था र हरिहर टोल बिकास संस्थाको व्यवस्थापनमा सञ्चालन हुने सो हाट बजार यही असोज १० गतेबाट सुुरु हुने छ । हाटबजारमा १०० वटा स्टल रहने र ६० वटा स्टल बुकिङ भइसकेको हाट बजार व्यवस्थापन समितिका संयोजक केशव रिजालले जानकारी दिए ।

हाट बजार बिहान ७ बजेदेखि राती ९ बजे सम्म सञ्चालन हुने छ । कृषि उत्पादनको बजारीकरणको लागि रत्ननगरमै पहिलो पटक हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजारको स्टलमा तरकारी,फलफुल र लत्ता कपडाका विक्रीका लागि राखिने छ । व्यवस्थापन समितिका सल्लाहाकार यादव पाठकले किसानलाई बजार र उपभोक्तालाई बजारको सहज पहँुचको लागि हाटबजार सञ्चालन गर्न लागिएको बताए ।

सटर लिने किसान तथा व्यवसायीबाट दर्ता शुल्क स्वरुप सुुरुमा एक हजार रुपैया लिइने र एक दिनको एक सय रुपैया लिइने छ । वडा नं १० का वडाध्यक्ष केशव आचार्यले रत्ननगर नगरपालिकाको सहयोगमा टोल विकास संस्था लगायत वडाको अगुवा व्यक्तिहरुको सक्रियतामा सुरु हुन लागेको हाटबजारबाट किसानहरुले प्रत्यक्ष फाईदा दिन सक्ने बताए ।