भरतपुरलाई सहयोगापेक्षी , बेसहारा सडक मानवमुक्त महानगर घोषणा

भरतपुरलाई सहयोगापेक्षी , बेसहारा सडक मानवमुक्त महानगर घोषणा
 चितवन, ९ कार्तिक  । चितवनको भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी ,बेसहारा ,अभिभावकविहिन सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको बिच ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भरतपुरलाई सहयोगापेकक्षि सडक मानवमुक्त घोषणा गरेका हुन् ।यो संगै भरतपुर महानगर नेपालकै पहिलो सहयोगापेक्षी , बेसहारा , अभिभावकविहिन सडक मानवमुक्त महानगर भएको छ । मानव सेवा आश्रम , भरतपुर महानगरपालिका , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा भरतपुरलाई बेसहारा सडक मानवमुक्त महानगर घोषणा गरिएको हो । घोषणाको लागि पछिल्लो १३ दिनमा भरतपुर महानगरपालिका क्षेत्रमा करिव ३ सयजनाको उद्धार गरेको थियोे । बेसहारा सडक मानवमुक्त महानगर घोषणा पुर्व क्याम्पाचौरबाट महानगर परिसरसम्म र्याली समेत निकालिएको थियोे ।