चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )

चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )

 चितवन , ९ कार्तिक ।

नेपाल प्रहरीले मुस्कानसहितको सेवा प्रवाहको योजना संचालन गरिरहेका वेला चितवनमा भने प्रहरीबाटै नागरीक कुटिएका छन् । कात्र्तिक ७ गते विहानको समयमा अस्पतालमा कार्यरत ४९ वर्षका देव आनन्द राई र अर्का कर्मचारी ६० वर्षका पूर्ण विकलाई प्रहरीका हवलदारले निर्घात कुटपिट गरेका हुन् ।

भिडियो

प्रहरी हवल्दार जमिर अलिसेखको कुटाइबाट दुवै जना घाइते भएका हुन् । घाइते राइको ढाडमा निलडाम छ भने विकको हात भाँचिएको छ । विहीबार ६५ वर्षीया एक महिलाको पोष्टमार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा आफूहरुमाथि लाठीले हानिएको घाइते राइले बताए । घाइते राइकी श्रीमती पुनम राईले आफ्नै अगाडि प्रहरीले कुटपीट गरेको बताइन् । घाइते राइ हिड्न सक्ने अवस्थामा छैनन् । घटना भए पनि भरतपुर अस्पताल प्रशासनले कुनै चासो तथा खोजिविन नगरेको उनको भनाइ छ ।

कुटपीट गर्ने प्रहरी हवल्दार अलिसेखविरुद्ध विरुद्ध जिल्ला प्रहरी कार्यालयमा शुक्रबार उजुरी परेको छ । उजुरीमाथि छानविन गरि दोषीलाई कारवाही गरिने चितवन प्रहरी प्रवत्ता डिएसपी एकनारायण कोइरालाले बताए ।

भिडियो