भण्डारा दुग्ध उत्पादक सहकारीको अनुकरणीय काम , जेष्ठ सदस्यलाई पोषण खर्च,एकल महिलालाई प्रेरणा रकम

भण्डारा दुग्ध उत्पादक सहकारीको अनुकरणीय काम , जेष्ठ सदस्यलाई पोषण खर्च,एकल महिलालाई प्रेरणा रकम

कार्तिक ९ गते । चितवनको राप्ती नगरपालिका ५ मा रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई पोषण खर्च वितरण गरेको छ । साथै एक महिलाहरुलाई प्रेरणा रकम समेत प्रदान गरेको छ । चालु आर्थिक वर्षदेखी यि दुई कार्यक्रम सुरुवात गरिएको संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले वताए । अघिल्लो वार्षिक साधारण सभाले आफ्ना जेष्ठ सदस्यलाई पोषण खर्च र एक महिलालाई प्रेरणा रकम स्वरुप मासिक ४ सय रुपैया प्रदान गर्ने निति तथा कार्यक्रम पारित गरेको थियो । चालु आर्थिक वर्षको कार्यक्रम अनुरुप शनिवार ४२ जना जेष्ठ सदस्य तथा १९ जना एकल महिलालाई पोषण खर्च र प्रेरणा रकम प्रदान गरिएको संस्थाका अध्यक्ष थपलियाले जानकारी दिए । जनजागृती ताजा तरकारी तथा फलफुल उत्पादन सहकारी संस्थामा आयोजित एक कार्यक्रमका बीच प्रदेश ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पोषण खर्च र प्रेरणा रकम प्रदान गरे ।

सहकारीका अध्यक्ष डिल्ली प्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा,सहकारीका उपाध्यक्ष डाल वहादुर श्रेष्ठ,सचिव रामचन्द्र हुमागांई लगायतले मन्तव्य राखेका थिए । भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले दशैमा पर्व मनाउन वार्षिक रुपमा किसानले सहकारीमा विक्री गर्न ल्याउने किसानलाई प्रति लिटर ४ रुपैया २५ पैसाका दरले वोनस वितरण गर्दै आएको छ । यस्तै घाँसको बीउमा अनुदान,कृतिम गर्भाधान लगायत सवै सुविधा निशुल्क गर्दै आएको छ । भण्डारा सहकारीमा ९३२ जना शेयर सदस्य छन् । सहकारीमा दैनिक १० हजार लिटर दुध संकलन हुदै आएको छ ।